
खोटाङ, जेठ ९ । खोटाङमा बिभिन्न जडिबुटीसहित ट्रकलाई प्रहरीले पक्राउ गरेको छ । हलेसी ट्राफिक चोकमा सवारीसाधन जाँच गर्नेक्रममा आज (सोमबार) साझँ ६ बजे जडिबुटी सहित ट्रकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खोटाङबाट अन्यन्त्र जिल्ला जादै गरेको बागमती प्रदेश ०१–००६ ख ३३४७ नम्बरको ट्रकमा दरपीठ नभएको बिभिन्न जडिबुटीहरु फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । ट्रकसँगै, ट्रक चालक, सामान धनिलाई समेत पक्राउ गरी आवश्यक कारवाहिकालागी डिभिजन वन कार्यालय खोटाङमा पठाइएको प्रहरीले जनाएको छ ।

