Friday, April 17News That Matters

सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवस : हलेसी र दिक्तेलमा वृक्षरोपण

बिरुवा रोप्दै हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई

खोटाङ, जेठ १८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघको २७ औँ स्थापना दिवसको अवसरमा आज नगरपालिकाको वडा नम्बर ५ दुर्छिमस्थित बालकन्या बोखिम सामुदायिक वनमा वृृक्षरोपण गरेर कार्यक्रमको सुरुवात गरिएको हो ।

सामुदायिक वन उपभोक्ता हलेसी तुवाचुङ नगरको आयोजना एवं वृक्षरोपण पहल नेपाल दुर्छिमको समन्वयमा आजबाट सुरु भएको वृक्षरोपण कार्यक्रम नगरभित्रका ७२ वटै सामुदायिक वनमा सञ्चालन हुने सामुदायिक वन नगर अध्यक्ष अगीन्द्र राईले जानकारी दिनुभयो ।

‘वनको दिगो व्यवस्थापनकालागि सामुदायिक वनको अधिकार, उद्यमशिलता र ससत्त संगठन समृद्धिको आधार’ नारासहित सुरु गरिएको वृक्षरोपण कार्यक्रमको पहिलो दिन आज हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईको प्रमुख आतिथ्यतामा बालकन्या बोखिम सामुदायिक वनमा २ सय वटा बिरुवा रोपिएको उहाँको भनाइ छ ।

वृक्षरोपण कार्यक्रमको पहिलो दिन आज मेयर राईसँगै उपमेयर रमेशकुमार राउत, दुर्छिमका वडाध्यक्ष रुपिन्द्र राइर्, सामुदायिक वन उपभोक्ता मआसंघका केन्द्रीय सदस्य सम्बर भुजेल, जिल्ला अध्यक्ष राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी आजै जिल्ला सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमुखी क्याम्पस परिसरमा पनि वृक्षरोपण गरिएको छ ।