
खोटाङ, जेठ १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ डाँडामा साकेला सिल्ली चण्डि नाँच प्रदर्शन हुनेभएको छ । जेठ २१ गते शनिबार वैशाख पुर्णिमाको औशिको पञ्चमी तिथीको अवसरमा साकेला नाँच प्रदर्शन हुन लागेको हो ।
किराँत उद्गम आदिम भुमि तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा हुन लागेको साकेला नाँचको प्रमुख अतिथिको रुपमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई र बिशिष्ट अतिथीको रुपमा उपप्रमुख रमेश कुमार राउत रहनु हुनेछ । नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई समेत सोही कार्यक्रम दिने आयोजकले जनाएको छ । जिल्लाका अन्य सबै पालिकाका प्रमुख र उपप्रमुखलाई समेत निम्ता गरिएको तुवाचुङ जायजुम संरक्षण समितीका केद्रिय अध्यक्ष राकेश राईले जानकारी दिनुभयो ।
२०७९ सालको उभौलि तोयामा खियामा रैछाकुलेको सामुहिक तिन चुला पुजा साकेला सिल्ली चण्डि नाच धामि झाक्रि ढोल झ्याम्टा सहित प्रदर्शन हुने अध्यक्ष राईले बताउनभयो । कार्यक्रम बिहान ७ बजेबाट सुरु हुनेछ ।
