Friday, April 17News That Matters

खोटाङ : दलित समुदायको सशक्तीकरण तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन

खोटाङ, जेठ २९ – दलित समुदायको सशक्तीकरण तथा नेतृत्व विकासका लागि खोटाङमा तालिम सञ्चालन गरिएको छ । खोटाङ दलित विकास मञ्चको आयोजना र रावाबेँसी गाउँपालिकाको प्रायोजनमा तीन दिवसीय ‘दलित सशक्तीकरण तथा नेतृत्व विकास तालिम’ सञ्चालन गरिएको हो ।

जेठ २७, २८ र २९ गते रावाबेँसी गाउँपालिका–१, कुभिण्डेस्थित महिला भवनमा आयोजना गरिएको तालिममा रावाबेँसी गाउँपालिकाका ६ वटै वडाका दलित कार्यपालिका सदस्य, दलित महिला सदस्य र दलित समुदायका अगुवाहरू गरी ४१ जना सहभागी थिए । तालिमका सहभागीलाई मिलन चाहार,पर्शुराम विश्वकर्मा, दीपक ठटाल, विष्णु उपरकोटी र निता विशुंखेले प्रशिक्षण दिएका थिए ।

दलितहरूको नेतृत्व विकास गर्ने, जातीय विभेदविरुद्ध अभियान सञ्चालन गर्ने, आन्तरिक विभेद अन्त्य गर्न प्रेरित गर्ने र व्यवहार परिवर्तन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको खोटाङ दलित विकासका अध्यक्ष मिलन चाहारले बताउनुभयो ।