Wednesday, April 15News That Matters

खोटाङका नव गायक राज बस्नेतको “बुढेशकालैमा” सार्वजनिक

गायक बस्नेत

खोटाङ, असार ७ । खोटाङका नव गायक राज बस्नेतको “बुढेशकालैमा” बोलको गीत सार्वजनिक भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा जन्मिएर सांगितिक दुनियाँमा होमिएका बस्नेत आफ्नो दोस्रो गीतका रुपमा “बुढेशकालैमा” लिएर बजारमा आएका हुन् ।

गीतमा आवाज, शब्द र संगीत बस्नेतको रहेको छ भने संगीत संयोजन फोसिलले गरेका छन् । “बुढेशकालैमा” बोलको बस्नेतको नयाँ गीत राज बस्नेत नामक युटुव च्यानलमा हेर्न सकिनेछ ।