Thursday, April 16News That Matters

हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा


खोटाङ, असार १८ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा भीषण पहिरो गएको छ । शुक्रबार साँझबाट परेको अभिरल वर्षाका कारण रातको समयमा करीब ५ सय मिटर लामो भीषण पहिरो गएको हो । पहिरो अझै पनि निरन्तर गइरहेको स्थानीयको भनाइ छ ।

पहिरोले बलराम खत्रीको घर बगाएको छ । घरमा मानिस नरहेका कारण मानवीय क्षेती भने भएको छैन् । भैरब बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ । भैरब राई, हरी राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । कार्कीले भन्नुभयो, “पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै करीब १० घर उच्च जोखिममा छन् । त्यसैले जोखिममा परेका घरका मानिसहरुलाई अन्यन्त्र सार्ने सोँचमा छौँ ।”