Thursday, April 16News That Matters

खोटाङ : अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा


खोटाङ, असार २४ । खोटाङमा अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा लिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ स्थित सुनकोशी नदिबाट रातको समयमा नदिजन्य बालुवा अवैधरुपमा उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैधरुपमा बालुवा ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा धितुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान राती २ बजेको समयमा ट्याक्टर नियन्त्रणमा लिएको हो । सुनकोशी भाडवेँसीबाट धितुङ तर्फ आउदै गरेको लु ४ त ६९७४ नम्वरको बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहिकालागि हलेसी तुवाचुङ नगरपालिकालाई बुझाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

नगरपालिकाले रु १५ सय जरिवाना तिराएर छाडिएको उपमेयर रमेशकुमार राउतले जानकारी दिनुभयो । आगामि दिनमा पुनः सोही गल्ती गरेमा थप कारवाहि गरिने उपमेयर राउतले बताउनुभयो ।