Thursday, April 16News That Matters

खोटाङ : खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु 

फाइल तस्वीर

खोटाङ, साउन १४ । खोटाङमा खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङको ९ वर्षिया छोरी रोमी गुरुङको खेल्ने क्रममा आफ्नै सलको पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

गुरुङको परिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा बस्दै आएको छ । सोही कोठामा शुक्रबार साँझ बालिकाको मृत्यु भएको हो । मृतक बालिका र उनकी बहिनि घरको निदालमा सल बाँधेर खेल्नेक्रममा सोही सलमा पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंखर चौधरीले बताउनुभयो ।

दिदिले बोलाउनुभएको छ भन्दै बहिनि अन्य कोठामा पुगेपछि आएर हेर्दा भुण्डिरहेको अवस्थामा दिदि रोमी फेला परेकी थिइन् । मृतक बालिका दिक्तेलको एक निजि विद्यालयमा कक्षा–४ मा अध्ययनरत थिइन् ।