Thursday, April 16News That Matters

खोटाङ : सुतिरहेको अवस्थामा २८ वर्षिय पुरुष मृत फेला

फाइल तस्वीर

खोटाङ, साउन १९ । खोटाङको सदरमुकाम दिक्तेलमा सुतिरहेको अवस्थामा २८ वर्षिय पुरुष मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३का शमसेर हिङमाङका छोरा किशन हिङमाङ बिहिबार (आज) बिहान मृत अवस्थामा भेटिएका हुन् ।

मृतक हिङमाङ ट्याक्टर चालक हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउदै आएका हिङमाङ खत्रीकै घरमा बस्दै आएका थिए । सधै सुत्ने कोठामा बुधबार सञ्चै सुतेका हिङमाङ बिहिबार बिहान मृत भेटिएका हुन् ।

सुतिरहेको अवस्थामा मृत भेटिएको भन्ने खबर पाएपश्चात घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।