Thursday, April 16News That Matters

खोटाङका डिएसपी लम्सालको सरुवा, नयाँ डिएसपीमा मञ्जिल मुकारुङ

बायाँतर्फ डिएसपी लम्साल र दायाँतर्फ डिएसपी मुकारुङ

खोटाङ, साउन २० । खोटाङका डिएसपी उमेश लम्सालको सरुवा भएको छ । बिगत १३ महिनादेखि जिल्ला प्रहरी कार्यालय खोटाङको प्रमुखमा कार्यरत डिएसपी लम्सालको सरुवा भएको हो । नयाँ डिएसपीमा मञ्जिल मुकारुङ आउनुहुने भएका छन् ।

आज एकै दिन नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उहाँहरुको काज सरुवा गरेको हो । खोटाङका डिएसपी लम्सालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारजगंज काठमाडौंमा सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय  विशेष ब्युरोबाट सरुवा भएर डिएसपी मुकारुङ खोटाङ आउनुहुने भएको हो ।

डीएसपीहरूको सरुवा सूची हेर्नुहोस् :