
खोटाङ, साउन २५ । नेकपा एमालेका स्थायी कमिटि सदस्य राजेन्द्र गौतमले आगामि चुनावमा नेकपा माओवादीसँग गठबन्धन हुनसक्ने बताउनुभएको छ । नेपाल प्रेस चौतारी खोटाङले बुधबार (आज) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मंसिर ४ गते देशभर एकै पटक हुने संघीय र प्रदेश सभाको चुनावमा प्रगतिसिल, लोकतान्त्रीक र देशभक्त राजनीतिक पार्टी तथा संगठनसँग मिलेर एमाले जाने निर्णय भएको गौतमले बताउनुभयो । कांग्रेसको नेतृत्वमा समाजवादमा नपुगिने भन्दै नेपालमा वामपन्थीहरु एक हुनुपर्ने गौतमको भनाइ छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री स्विकारेर एमालेले माओवादीसँग गठबन्धन गर्नेहोलानी भन्ने पत्रकारको प्रश्नमा कोही व्यक्तिलाई प्रधानमन्त्री स्विकारर्न नसकिने तर माओवादीसँग गठबन्धन हुन सक्ने स्थिायी कमिटि सदस्य गौतमको जफाव छ । गौतमले भन्नुभयो, “कोही व्यक्तिलाई चुनाव अगाडिनै प्रधान्मत्री घोषणा गरेर हामी गठबन्धन गर्न सक्देनौँ । तर समाजवादकालागि वामपन्थीहरुको एकता आवश्यक भएका कारण माओवादीसँग गठबन्धन तथा एकता हुन सक्छ । माओवादीलाई सधै ढोका खुल्ला छ, तर नेकपा एकीकृत समाजवादी पार्टीसँग भने अहिले गठबन्धन तथा एकता केही पनि हुन सक्दैन । किनकी त्यो पार्टीलाई हामीले पार्टीको मान्यता दिएका छैनौँँ ।”
गठबन्धन गरेर नेपाली कांग्रेसले बहुमत आफ्नो पक्षमा पार्नेगरी सिट बाडफाड गर्ने रणनीतिमा रहेको गौतमको आरोप छ । “कांग्रेसले चुनाव पछि आफ्नै पक्षमा बहुमत बनाएर सरकार बनाउने योजनामा छ । त्यो हुन नसके कम्युनिस्टहरुलाई बाहिर राखेर जसपा, लोसपा लगायतका पार्टीसँग तालमेल गर्दै सरकार बनाउने कांग्रेसको रणनीति माओवादीहरुले पछि मात्र थाहा पाउने छन् ।” गौतमले भन्नुभयो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्र र जनताको हितबिपरीत काम गरिरहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका राष्ट्रहित र विकासका कामलाई लिएर एमाले आगामि चुनावमा जाने स्थायी कमिटि सदस्य गोतमले बताउनुभयो ।
