Thursday, April 16News That Matters

आँगनमा राखेको पानीको भाँडामा डुबेर बालिकाको मृत्यु

फाइल तस्वीर

खोटाङ, भदौ ६ । सोलुखुम्बुमा ३ वर्षीया बालिकाको पानीको भाँडामा डुबेर मृत्यु भएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ चौलाखर्क स्थित लोक बहादुर भुजेलकी ३ वर्षकी छोरी सौगात भुजेलको पानीको भाँडामा डुबेर मृत्यु भएको हो ।

भुजेलको आफ्नै आँगनमा राखिएको पानीको भाँडामा डुबेर छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतार दिउँसो भएको यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।