
जब दिनको प्रादूर्भावसँगै
रवीकिरणहरू धरतीमा टप्ल्याक् टुप्लुक्क देखिन लाग्दै थिए । मेघगर्जनसहितको अविरल वर्षाले
मौसम भयानक बनाउदै थियो ।
म पुँजीवादी पृष्ठभूमिको दोबाटोमा
बेचैनी आत्मका अप्रतीत वाणीहरू ओकल्दै–
हत्केलाका ठेलाहरू सुम्सुम्याउदै–
च्यात्तिएका अर्धनग्न वस्त्रमा अर्पित भैं
शिथिल शरीर बोकेर लम्पसार पल्टिरहेको थिएँ ।
अनायास !
मैले पुर्वी कोणतिर दृष्टिपात गर्न पुगेछु ।
जहाँ–
धुमिल कुनाबाट लाल छाताभित्र ओतिदै–
हँसियाहथौडा कम्मरमा भिरेर–
उनी–
माक्र्सवादी सिद्धान्तका भिटामिनहरू चपाउँदै–
एङ्गेल्सका वैचारिक मन्थनहरू गुनगुनाउँदै–
सामन्तवादको कठिन मार्ग छिचोल्दै
मतर्फ नजिकिरहेका थिए ।
जसलाई मैले ठम्याइसकेको थिएँ ।
उनी त म जस्ता किसान
र मजदुरहरू का नायक घगडान लेनीन थिए ।
उनी–
नजिक पर्दासमेत म चुपचाप रहे तर प्रफुल्लित थिएँ ।
उनी स्वयंले मेरो पुँजीवादी अराजकताले जन्माएका
ठेलाका हातहरू समाउदै भने–
“उठ,जाग हे श्रमजीवी सर्वहारा हो“
उनको यो अनुप्राणित वाणी मस्तिष्कमा घुसिहाल्यो
अनि म उठेँ र लागेँ उनिसँगै
साम्यवादी गन्तव्यको क्रान्तिमय यात्रातर्फ
हाम्रा यात्राका दौडानहरूमा मजस्ता कैयनलाई उनले
लाल छाता ओढाउँदै–
तानाशाहीले बगाएका निरङ्कुशाका भेलबाढी सहन–
विवश जनताहरूलाई आफ्नो बडेमानको झोलाबाट
एक थान ढुंगा झिकेर
–उत्पीडितहरूको उद्धार गर्दै
उनी साम्यवादी यात्रातर्फ सारालाई डोहोर्याउन चाहान्थे ।
तानाशाही भेलले दर्दनाक बनाएका –बाकी दृश्यहरु–
बुलन्द आवाजमा कराउँदै थिए–
बचाउ ..बचाउ..
अनायास !
म ब्युझिँएँ र विपनामै कराउन लागेँ
बचाउ ..बचाउ ….
मेरो देश डुब्यो–स्वेच्छाचारी निरङ्कुशताको भेलले
र भनेँ–
माक्र्सवादी डुंगाहरू खियाउँदै–
यो भेलबाट बचाउने
कोही फेरि घगडान लेनिन भई–
जन्मिएर आउ र
बचाउ नेपाल र नेपाली ।
लेखक विक्रम क्षेत्री अनेरास्ववियु खोटाङ जिल्ला कमिटी सदस्य तथा प्रशिक्षण विभाग प्रमुख हुन् ।
