Wednesday, April 15News That Matters

विद्यालय हरियाली बनाउन विद्यार्थीहरु वृक्षारोपण गर्दै

खोटाङ, भदौ ९ । हलेसी तुवाचुङ नगरपालिकाका विद्यालयहरुलाई हरियाली बनाउन विद्यार्थीहरु वृक्षारोपणमा उत्रिएका छन् । चन्द्र सुर्य साझा बालमञ्चको अघुवाइमा “एक विद्यालय एक बगैँचा” कार्यक्रमको अवधारणा अपनाएर विद्यार्थीहरुले विद्यालय वरिपरी वृक्षारोपण गर्न थालेका हुन् ।

विद्यालय वरिपरी हरियाली वातावरण र अर्गानिक फलफुलको बगैँचा बनाउने उद्श्यले वृक्षारोपण गरिएको बालमञ्चका अध्यक्ष मोतिराज राईले बताउनुभयो । सोही कार्यक्रम अन्तरगत बुधबार दुर्छिम माध्यमिक र महेन्द्रोदय माध्यमिक विद्यालयको खाली जग्गामा धुपी सल्ला, दार्जिलिङ धुपी, कफी, हाइब्रेट अम्बा, दन्ते ओखर लगायत प्रजातिका २ सय ५० वटा विरुपा रोपिएको राईको भनाइ छ । वृक्षारोपणमा बालमञ्चका पदाधिकारी, शिक्षक, विद्यार्थी सबैको उपस्थिति रहने गरेको उहाँले बताउनुभयो ।

हाल सम्म हलेसी तुवाचुङ नगरपालिकाका ५ र ७ नम्बर वडाका सबै विद्यालयहरुमा १ हजार २ सय भन्दा बढी विरुवाहरु रोपिसकिएको अध्यक्ष राईको भनाइ छ । विरुवा उत्पादनकालागि बालमञ्चले नर्सरी पनि आफैले बनाएको छ ।