
खोटाङ, भदौ १८ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय कार्य समितिले आसन्न निर्वाचनकालागि उम्मेद्वारका आकंक्षीहरुको नाम सिफारिस गरेको छ । दुई दिनसम्म सञ्चालन भएको समितिको बैठकले आज खोटाङ प्रदेशसभा ‘ख’ का लागि प्रत्येक्षमा ६ जना र समानुपातिकमा १२ जनाको नाम सिफारिस गरेको हो ।
प्रत्येक्षतर्फ बिष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शक्भु कार्की र पुर्णबहादुर खड्काको नाम सिफारिस भएको छ ।
यस्तै, समानुपातिकतमा खुल्ला पुरुषतर्फ शहरमान राई र महिलातर्फ कमला राईको नाम सिफारिस गर्दै अन्य आकांक्षी इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता के.सी बस्नेत, धुव्रकला राई, सपना राई, निर्मला राई र राजु ढकालको नाम पनि समावेश गरेर जिल्ला कार्य समितिलाई पठाएको कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय सभापति दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।
प्रदेशसभा ‘क’ का लागि यस अघिनै नाम सिफरिस भइरहेको छ । प्रदेश ‘क’ कार्य समितिले सिफारिस गरेको नाममा नरेशकुमार श्रेष्ठ, जितेन्द्र सिं ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैजु गरी ८ जनाको नाम रहेको छ ।
यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन राई, पेशलकुमार राई, राजनशेर राई हिरा निरौला तथा महिलातर्फ डिल्लीकुमारी आचार्य र देबी राईलाई सिफारिस गरेको प्रदेश ‘क’ क्षेत्रिय कार्य समिति सभापति राजेन्द्र राईले बताउनुभयो । कांग्रेसको विधान अनुसार क्षेत्रिय समितिबाट सिफारिस भएको नामहरुमा जिल्ला कार्य समितिले आफ्नो राय लेखेर प्रदेश कार्य समितिमा पठाउने छ ।
