
खोटाङ भदौ १८ । खोटाङबाट नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरु सिफारिस गरेको छ । शनिबार बसेको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ सर्वधन राई, सुवासकुमार पोखरेल, भुपेन्द्र राई, हिरा गुरुङ, डा.राजकुमार राई, रोजन राई, रामप्रसाद आचार्य(आरपी) विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस भएको छ ।
यस्तै, समानुपातिकको महिलातर्फ सरस्वती वजिमय र शान्तीदेवी राई तथा पुरुषतर्फ दिनेशकुमार राई, काशिनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्र कुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको छ ।
