Thursday, April 16News That Matters

करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

सांकेतिक तस्विर

खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

स्थानीय नाखम खोला हाइड्रोपावर विद्युतको जम्पर जोड्न शनिबार करीब साँझ ६ बजे पोलमा चड्दा करेण्ट लागेर राई घाइते भएका थिए । घाईते राईलाई राती उपचारका लागि फेमिली केयर अस्पताल दिक्तेलमा ल्याउदै गर्दा बाटैमा उनको मृत्यु भईसकेको फेमिली केयर अस्पतालले जनाएको छ ।

हाल मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । मृतक राईको श्रीमती र चार जना सन्तान रहेका छन् ।