Thursday, April 16News That Matters

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा बिरामीलाई फलफुल


खोटाङ, भदौ १९ । नेपाल निजामती कर्मचारी युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा खोटाङमा बिरामीलाई फलफुल बितरण गरिएको छ । जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर दिवस मनाइएको नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

निजामती कर्मचारी युनियन खोटाङका पुर्व अध्यक्ष एवं नेपाली कांग्रेसका कर्मचारी बिभाग प्रमुख टंकनाथ आचार्यको प्रमुख आतिथ्यमा अस्पतालमा रहेका १६ जना बिरामीलाई आइतबार बिहान स्याउ, केरा लगायतका फलफुल बितरण गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । जिल्ला समितिले आयोजना गरेको फलफुल बितरण कार्यक्रममा समितिका पदाधिकारीसहित केन्द्रिय सदस्य अनिल आचार्य र इरन राई साथै प्रदेश सदस्य खेमराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।