Thursday, April 16News That Matters

एमाले खोटाङ : प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ जना, प्रदेशसभा ‘ख’ मा दंगाल सर्वसम्मत सिफारिस


खोटाङ, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले आसन्न निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि शनिबार बसेको एमालेको जिल्ला कमिटिको बैठकले छलफल गरेर उम्मेद्वारका नाम प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ३ जनाको नाम नेपाली बर्णानुक्रमअनुसार सिफारिस गरेको जनाएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश सदस्य देवन राई, प्रदेश सचिवालय सदस्य पाँचकर्ण राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रमेश पौडेल र प्रदेश सदस्य राजन प्रसाद ढकालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला कमिटि सचिवालय सदस्य रमेश परियार र जिल्ला कमिटि सदस्य राजकुमारी राईको नाम सिफारिस भएको छ ।

प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षमा अनिषा खनाल, देवविक्रम राई, लिलानाथ निरौला र सर्वधन राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिंह बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई, श्यामकुमार पोखरेल र सुबास राईको नाम रहेको छ ।

प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ पार्टी जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगालको नाम सर्वसम्मत सिफारिस भएको छ भने समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, दुधराज तामाङ, पुर्णमाया तामाङ र भगवती प्रधानको नाम रहेको छ ।