
भदौ २५ । मुक्तककार राधा रमाको निधन भएको छ । हृदयघातका कारण शनिबार बिहान राती ३ बजे काठमाडौंमा राधाको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
लामो समय देखि साहित्यको मुक्तक विद्यामा कलम चलाउने राधा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाको सदस्यसमेत हुनुहुन्थ्यो । एक चोटिलो मुक्तककारको निधनले समग्र मुक्तक विद्यालाई ठुलो चोट पुगेको प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले बताउनुभयो । उहाँले नेपाली भाषासाहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदान सधै अविष्मरणीय रहने पोखरेलको भनाइ छ ।
राधाका श्रीमानसहित २ छोरी र एक छोरा रहेका छन् ।
