Friday, October 17News That Matters

ओखलढुंगामा एक महिने स्याब्रु प्रशिक्षण तथा तालिम सञ्चालन हुने

दावा जाङबु शेर्पा 
ओखलढुंगा, भदौ २९ । ओखलढुंगामा एक महिने स्याब्रु प्रशिक्षण तथा तालिम सञ्चालन हुने भएको छ । नेपाल शेर्पा संघ ओखलढुंगाको आयोजनामा जिल्लाको सदरमुकाम तथा सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडामा स्याब्रु सम्बन्धि प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने तयारी भएको संघले जनाएको छ ।

गाउँको विकास निर्माणदेखि संस्कार तथा संस्कृति संरक्षणको क्षेत्रमा काम गर्दै आएकोे नेपाल शेर्पा संघले शेर्पा जातिको भाषा धर्म कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागेको बताइएको छ । पछिल्लो समय नयाँ पुस्ताले आफ्नो कला संस्कृतिलाई भुल्दै गएका कारण स्याब्रु नाँचलाई जोगाइराख्न तालिमको आयोजना गरिएको संघका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।

असोज ९ गतेदेखि सदरमुकाममा सुरुहुने प्रशिक्षण तथा तालिमको सहजिकरण हिमालयन शेर्पा साँस्कृतिक संघका केन्द्रीय सदस्य आङ पुटी शेर्पाले गर्नुहुने अध्यक्ष शेर्पाको भनाइ छ ।