Thursday, April 16News That Matters

लट्टेबारीका स्थानीयले गरे करीब ६ किलोमिट गोरेटो बाटो सरसफाइ

गोरेटो बाटो सरसफाइ गर्दै स्थानीय

ओखलढुंगा, असोज १ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ का स्थानीयले करीब ६ किलोमिटर गोरेटो बाटो सरसफाइ गरेका छन् । लट्टेबारी विकास युवा क्लब र लट्टेबारी आमा समुहको अगुवाइमा गोरेटो बाटो सरसफाइ तथा पुनर्निर्माण गरिएको बताइएको छ ।

पछिल्लो समय गाउँ घरमा सडकबाटो विस्तार भएसँगै गोरेटो बाटाहरु प्रयोगमा आउन छाडेका छन् । कतिपय बाटाहरु झाडीमा परिणतसमेत भइसकेका छन् । गोरेटो बाटोको अस्तित्व जोगाउन र गाउँघरको सुन्दरता थप्न सरसफाइ गरिएको क्लबका अध्यक्ष गोबिन्द कुमार खत्री (राहुल)को भनाइ छ ।

लागातार ४ शनिबार करीब २५ जनाको उपस्थितिमा खिजिदेम्बा गाउँपालिका–६ लट्टेबारी देखि चम्पादेवि गाउँपालिका–९ भोटेचौरसम्मको करीब ६ किलोमिटर बाटो सरसफाइ तथा पुनर्निर्माण गरिएको खत्रीले बताउनुभयो ।