Thursday, April 16News That Matters

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमान शेर र सचिवमा जीवन


खोटाङ, असोज ६ । किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमान शेर राई (युगसन) चयन हुनुभएको छ । राईलाई यायोक्खा खोटाङको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

दिक्तेलमा बुधबार सम्पन्न ९ औं अधिवेशनले अध्यक्षमा राईसहित १८ जनाको जिल्ला कार्य समिति चयन गरेको छ । यायोक्खाको उपाध्यक्षमा इन्द्र कुमार राई र रेखा राई, सचिवमा जीवन साम्पाङ राई, सह–चिवमा समराज राई, इरन राई र प्रताप राई, कोषाध्यक्षमा संगिता राई, सह–कोषाध्यक्षमा डार्विन राई सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा जयन्ती राई, सेतुमान राई, राज हरी राई, लंकशेर राई, नरेश कुमार राई, समिता राई, रामदिप राई, किसन कुमार राई र सौरभ राई चयन हुनुभएको छ ।