Wednesday, April 15News That Matters

खार्मीका स्थानीय आफै उत्रिय सडक मर्मत गर्न


खोटाङ, असोज ६ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय सडक मर्मत गर्न आफै उत्रिएका छन् । बर्खाको पानीले गाउँघरका कच्ची सडक ठाउँ ठाउँमा पहिरो र बाढीले अबरुद्ध बनाएपछि स्थानीहरु आफै लागेर सडक मर्मत तथा सफा गरेका छन् ।

चाडपर्व नजिकीदै गर्दा गाउँमा खाद्यान्न सामान ढुवानी गर्न, एम्बुलेन्स आवतजावत गर्न समस्या भएपछि गाउँले सबै मिलेर सडक मर्मत तथा सफा गरिएको स्थानीय यामकुमार श्रेष्ठले बताउनुभयो । कुटो, कोदालो, बेल्चा, झम्पल लगायतका औजारको सहायतामा खार्मिको कागेनी चौतारादेखि बिसौनी डाँडासम्म करीब ४ किलोमीटर सडक मर्मत तथा सरसफाइ गरिएको उहाँको भनाइ छ ।

स्थानीय ३० जनाको सहभागितामा खोला खोल्सामा जाली एवं वाल लगाउने र पहिरो गएर पुरीएको ठाउँमा माटो पन्छाउने कार्य गरिएको स्थानीयहरुले बताएका छन् । २०७५ सालमा ट्याक ओपन गरेदेखि अहिलेसम्म उक्त सडक स्तरोन्नती गर्न सम्बन्धित निकायको चासो नगएको उनिहरुको गुनासो छ ।