Thursday, April 16News That Matters

खोटाङमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु


खोटाङ, असोज १२ । खोटाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम दिक्तेलबाट खार्मी जाँदै गरेको ट्याक्टरबाट खसेर मंगलबार साँझ करीब ७ः३० बजे खार्मीका अन्दाजी ५३ बर्षिय टेक बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

गाउँमा किनारा पसल गर्दै आएका राई सामान लिन दिक्तेल आएका थिए । दिक्तेलबाट प्र. १.०२.००३ त १४९२ नम्बरको ट्याक्टरमा सामान लिएर जादै गर्दा सोल्मा डाडाँटोलमा ट्याक्टरको क्याविनबाट खसेर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । अस्पताल ल्याउने बित्तिकै उनको मृत्यु भएको बताइएको छ ।

बाटो अप्ठेरो भएका कारण गुड्दै गरेको ट्याक्टरबाट खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम बालक रायले बताउनुभयो ।

राईको शव पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ ।