Thursday, April 16News That Matters

खोटाङ प्रतिनिधि सभामा विशाललाई टिकट, प्रदेशमा पि.के राई र राम दंगाल

खोटाङ, असोज २१ । एक मात्र प्रतिनिधि सभा रहेको खोटाङमा विशाल भट्टराईलाई एमालेले टिकट दिएको छ । २०७४ को चुनावमा एमालेबाट बामगठबन्धनका साझा उम्मेद्वार बनेका भट्टराई भारी मत पाएर विजयी भएका थिए । पार्टीको संसदीय दलका प्रमुख सचेतकसमेत बनेका भट्टराईलाई पुनः चुनाव लड्न एमालेले टिकट दिएको एमालेका एक नेताले बताए ।

यस्तै, प्रदेश सभा ‘क’ मा पाँचकर्ण राई (पि.के) लाई पार्टीले टिकट दिएको छ । ०७० सालको चुनावमा सोही क्षेत्रबाट विजयी भएका राईलाई ०७४ को चुनावमा पार्टीले विश्राम दिएको थियो ।

प्रदेश सभा ‘ख’ मा एमालेका जिल्ला अध्यक्षसमेत रहेका राम दंगालले टिकट पाएका छन् । जिल्लाबाट एकल सिफारिस भएका दंगाललाई टिकट दिने फाइनल भएको एमालेका एक नेताले बताए ।