Thursday, April 16News That Matters

घनश्याम भूसालले एमाले छाडे, स्वतन्त्र उम्मेदवारी दिने

असोज २२ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् ।

पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् ।

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।