Thursday, September 21News That Matters

खोटाङमा गजलको कार्यक्रम हुँदै

खोटाङ, असोज २२ । खोटाङमा गजलको कार्यक्रम हुने भएको छ । अचानो नेपालको आयोजना असोज २५ गते मंगलबार समन्वय समितिको हलमा हुने भएको हो ।

कार्यक्रममा युवा पुस्ताले रुचाएको गजलकार सुमन स्मारिकाको एकल वाचन रहनेछ । स्थानीय गजलकारहरुले पनि वाचन गर्न पाउने आयोजक समितिले जनाएको छ । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा स्मारिकाले दुई दर्जन गजल वाचन गर्ने अचानो नेपालका अध्यक्ष विशाल बिहानीले बताउनुभयो । गजलकार स्मारिकाले वाचन गरेका गजलहरु युटुवमासमेत चर्चित छन् ।

‘जिल्लामा साहित्य क्षेत्रको विकाससँगै साहित्यलाई रुचाउने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गरी गजलको कर्याक्रम आयोजना गरेका छौँ । सबैको साथ र सहयोग मिल्नेछ, कार्यक्रममा स्थानीय गजलकारहरुले आएर गजल वाचन गर्नुहुनेछ, साहित्यलाई अर्थात गजललाई मन पराउनेहरुले आएर सुन्नुहुनेछ भन्नेमा हामी विश्वस्त छ ।’ अध्यक्ष बिहानीले भन्नुभयो ।

खोटाङमा गजलका कार्यक्रमहरु कमै मात्रमा हुने गरेका छन् । लामो समय पश्चात गजलको कार्यक्रमको आयोजना अचानो नेपालले गरेको छ । समाजको यथार्थलाई साहित्य र संगीत मार्फत प्रस्तुत गर्दै पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने गरी अचानो नेपाल संस्था स्थापना गरिएको र सोही कार्य अनुरुप खोटाङमा गजलको कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव केदार अनुरागीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *