
खोटाङ, असोज २६ । खोटाङबाट प्रतिनिधि सभाकालागि स्वतन्त्र उम्मेद्वार दर्ता गराएका पूर्व राज्य मन्त्री सर्वधन राईले उम्मेद्वार फिर्ता लिएका छन् । खोटाङ कांग्रेसलाई अन्याय भएको भन्दै स्वतन्त्र उम्मेद्वार दिएका राईले आज उम्मेद्वारी फिर्ता लिएका हुन ।
सिट भागबन्डामा असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि लगायतको समर्थनमा राईले उम्मेद्वारी दर्ता गराएका थिए । निर्वाचन कार्यालयले आज १ बजेसम्म उम्मेद्वारी फिर्ता गर्न समय दिएसँगै राईका प्रतिनिधि राजन सैजुले उम्मेद्वारी फिर्ताको निवेदन दिएका सहायक निर्वाचन अधिकृत रमाकान्त यादबले जानकारी दिए ।
यस्तै, प्रदेश सभा क मा स्वतन्त्र उम्मेद्वार दिएका कांग्रेसका महाधिवेशन प्रतिनिधि सुबास पोखरेल र धर्मराज पोखरेलले पनि उम्मेद्वारी फिर्ता गर्ने तयारी गरिएको बुझिएको छ ।
