Thursday, April 16News That Matters

हिलेपानीमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा दुई जना घाइते


खोटाङ, कात्तिक ५ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सर्लाहीबाट सोलुखुम्बु जादै गरेको प्रदेश१–०४–००१च००७५ नम्बरको गाडी दुर्घटना हुँदा चालक विशाल दनुवार र सह–चालक प्रविन पोखरेल घाइते भएका हुन् ।

घाइते दुवै जनाको ओखलढुंगा जिल्ला सदरमुकामस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार राती करीब ३ः३० बजेको समयमा गाडी अन्यन्त्रीत भएर दुर्घनटा भएको ट्राफिक प्रहरी मनोज खत्रीले बताउनुभयो । गाडी सडक भन्दा करीब ५० मिटर तल खसेको उहाँको भनाइ छ ।

करीब ४ सय वटा कुखुरा बोकेको गाडी सडक मुनी खस्दा आधा भन्दा धेरै कुखुरा मरेका छन् । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने सँगै रहेको अर्को गाडीको चालकको अनुमान छ ।