Thursday, April 16News That Matters

रावाबेसी, बराहपोखरी, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मामा भोली सार्वजनिक विदा


खोटाङ, कात्तिक १७ । खोटाङका चार स्थानीयतहले कात्तिक १८ गते सार्वजनिक विदा दिएका छन् । रावाबेसी, बराहपोखरी, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भोली सार्वजनिक विदा दिएको सूचना सामाजिक सञ्जाल फेसबुक र पालिकाको वैवसाइटमा प्रकाशन गरेका हुन् ।

रावाबेसी गाउँपालिकाले कात्तिक १८ गते हरिबोधनी एकादशीका दिन गाउँपालिका भित्र पर्ने रबुवामा धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिएको जनाएको छ । बराहपोखरी गाउँपालिकाले शंखेश्वरी महादेवस्थित बराहपोखरीमा धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा दिएको सूचनामा उल्लेख गरेको छ । सोही अवसरमा आज पनि पालिकाले विदा दिएको थियो ।

यस्तै, जन्तेढुंगा गाउँपालिकाले नजिकै रहेको बराहपोखरीमा र स्थानीय होङजा पोखरीमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने गाउँसभा सदस्य एवं वडा नम्बर २ का वडा सदस्य कुमारी नेपालीको निधन भएकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।