
खोटाङ, कात्तिक १७ । जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादी विद्यार्थी प्रदेश नम्बर एकका अध्यक्ष एवं खोटाङका प्रचार विभाग प्रमुख रविन खम्बु लगायत जसपाका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गरेर जसपा त्याग गर्दै खम्बुसहित ३८ जना माओवादीमा प्रवेश गरेका हुन् ।
प्रतिक्रियावादी एमालेसँग गठबन्धन गरेर जसपाले गलत गरेकाले पार्टी छाड्न बाध्य भएको खम्बुले बताए । जसपा युवा संघ जिल्ला अध्यक्ष÷जिल्ला पार्टी उत्पादन तथा स्वरोजगार विभाग प्रमुख गजेन्द्र राई, सचिवालय सदस्य तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पृथ्वीकुमार राई, सचिवालय सदस्य मेघराज राई, प्रवास समिति कतारका गजेन्द्र खालिङ, दिरुमनपा नगर सह–सचिव सौराज राई छन् ।
जसपाको विभिन्न जिम्मेवारीमा रहेका प्रज्वल राई, सरजित तामाङ, गोविन्द राई, रोशन राई, पुर्ण मगर, रामकाजी राई, धिरेन राई, ङमेश राई, राजेन्द्र तामाङ, नविन तामाङ, बालकुमार राई, रोशन राई, सुरेन्द्र राई, सुरज राई, नन्दराज राई, मणिकला राई, धनप्रसाद राई, चन्द्र राई, राजबोल राई, शुक्रराज राई, सार्जन राई, विवस राई, रेवत राई, सम्झना राई, उत्तम राई, अनुराग राई, मन्तोस राई, पुष्पमणि राई, स्मीता राई, मदन राई, नयाँ वर्ण राई र अदिम शेर राई पनि जसपा त्यागेर माओेवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यस्तै, पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला कमिटि सदस्य जयप्रसाद आचार्यसहित छ जनाले मओवादी केन्द्र प्रवेश गरेको घोषणा गरेका छन् । एमालेको दोर्पा ८ का वडा कमिटि अध्यक्ष रविन्द्र कुमार राई, वडा कमिटि सदस्य जीत बहादुर राई, वडा कमिटि सदस्य दिपन्द्र राई, एमाले समर्थक मणिराज राई र नवराज भुजेल पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामकुमार राई पासाङ, जिल्ला इन्चार्ज समिता कार्की, वैकल्पिक केन्द्रीय सदस्य धिरेन वुढाथोकी, माओवादी केन्द्र खोटाङका संयोजक दिपक पाण्डे लगायतले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
