Thursday, April 16News That Matters

खोटाङका क्यान्सर पीडित बालकको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

खोटाङ, कात्तिक २४ । ‘ब्लड क्यान्सर’ भएका खोटाङका एक बालकको उपचारमा आर्थिक अभाव भएको भन्दै उनका परिवारले सहयोगको याचना गरेका छन् ।खोटाङको वराहपोखरी गाउँपालिका–१ गहतेका ८ वर्षीय कौशल थापाको उपचारमा आर्थिक अभाव भएको हो ।

कौशलका बुबा सुशील थापाले कौशलको विगत दुई महिनादेखि कान्ति बाल अस्पताल, काठमाडौंमा क्यान्सरको उपचार भइरहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताए । ‘गएको दुई महिनादेखि छोराको उपचार भइरहेको छ। छोरा बिरामी परेपछि विदेशमा कमाइ गर्दागर्दै उसको उपचारका लागि म घर फर्किएँ,’ उनले भने, ‘क्यान्सरजस्तो गम्भीर रोग भएका कारण उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफूले कमाएको पैसा पनि त्यसमै सकियो। अहिले छोराको ‘किमोथेरापी’बाट उपचार भइरहेको छ।’

उनका अनुसार कौशलको उपचारका क्रममा हालसम्म पाँच लाख रुपैयाँ बढी खर्च भइसकेको छ । उपचारमा संलग्न डाक्टरले अझै कम्तीमा ८÷९ महिनादेखि २÷३ वर्षसम्म पनि निरन्तर उपचार गर्नुपर्ने अवस्था हुन सक्ने बताएका छन्। तर, कुनै आयस्रोत नभएको, आफू कमाइ गर्दागर्दै छोराको उपचारका लागि घर फर्किएको र अलिअलि कमाएको रकम पनि उपचारमा सकिएकाले ठूलो समस्या परेको सुशीलले बताए ।

‘थोपा–थोपा मिलेर सागर बन्छ। तपाईंहरूले गर्ने सानो सहयोगले मेरो छोराको ज्यान बच्छ,’ छोराको उपचारका लागि आर्थिक सहयोगको याचना गर्दै उनले भने, ‘अफ्ठ्यारोमा त हो सहयोग चाहिने। मानवीय सहयोग गरेर पुन्य कमाउने अवसर पनि हो यो। भोलि जोकोहीलाई यस्तो समस्या पर्न सक्छ।’

क्यान्सरपीडित बालक कौशलको उपचारार्थ आर्थिक सहयोग जुटाउन अहिले ‘कौशल थापा बचाऊ अभियान’ पनि सञ्चालन भइरहेको छ। इच्छुक व्यक्तिले तल दिइएका सम्पर्क नम्बरहरूमा कल गरी वा सोझै बैंक खाता नम्बरमा आर्थिक सहयोग गर्न सक्नेछन्ः
 सम्पर्क व्यक्ति र फोन नं.
–सुशील थापा, हाल काठमाडौं – ९८२६४१८८६८ (बिरामी बालकका बुबा)
–देवीप्रसाद फयल, हाल काठमाडौं – ९८६०५८९९०४
–दिनेश खतिवडा, हाल काठमाडौं – ९८४३४६००००
– गोविन्द फयल, हाल काठमाडौं – ९८१०४२०३७८
–विकास फयल, हाल काठमाडौं – ९८५१२२८६९५
बैंक खाता नं.