
खोटाङ, कात्तिक २५ । खोटाङ प्रतिनिधिसभाबाट बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले गठबन्धनले निर्वाचन जितिसकेको तर औपचारिक घोषणा हुन् मात्र बाकी रहेको बताउनुभएको छ । प्रदेश नम्बर एकका उर्जा तथा खानेपानी मन्त्रीसमेत रहनुभएका राईले जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारमा शुक्रबार भएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
सभालाई सम्बोधन गर्दै राईले गठबन्धनको बाली पाकिसकेको तर कुनै समय हुरी बतास, असिनापानीले नष्ट गर्नसक्ने बताउनुभएको छ । ‘हामीलाई भोट हाल्न सबै आतुर हुनुहुन्छ, हामीले चुनाव जितिसक्यौँ, हामी बाली पाकीसक्यो, तर कुनै समय हुरी बतास, असिनापानी, जंगली जनावारले नष्ट गर्न सकछ । त्यसैले अब बाकी नौँ दिन तपाईहरु सुरक्षित भएर बस्नुहोस् ।’ राईले भन्नुभयो ।
चुनाव जितेसँगै विकास गर्न र खोटाङका जनताको अधिकार रक्षा गर्नकालागि लड्ने राईले बताउनुभयो । राईले भन्नुभयो, ‘खोटाङ संभावना नै संभावना बोकेको जिल्ला हो, यहाँ गर्नुपर्ने धेरै छन् । त्यसैले हामी चुनाव जितेर विकास गर्न जनताको अधिकार रक्षा गर्न लड्न तयार हुनेछौँ । हिजो पनि लडेका हौँ र भोली पनि लड्ने छौँ ।’
