Thursday, April 16News That Matters

युवाको श्रमले देश चलाउन हुने अनि युवाले राजनीति गर्न नहुने ? सर्जु श्रेष्ठ


खोटाङ, मंसिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खोटाङ प्रतिनिधिसभा प्रतयक्षतर्फका उम्मेद्वार (इन्जिनियर) सर्जु श्रेष्ठले युवा राजनीतिमा आउन किन नहुने भन्दै प्रश्न गर्नुभएको छ । राप्रपाले दिक्तेल हेलीप्याडमा आयोजना गरेको चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले युवाको श्रमले देश चलाउन हुने अनि युवा राजनीतिमा आउन किन नहुने भन्दै प्रश्न गर्नुभएको हो ।

‘धेरैले भन्छन् मलाई, राजनीति गर्न तेरो उमेर कति भयो ? तेरो उमेर राजनीतिमा आउने भयोर ? भन्दै, तर म तिनिहरुलाई भन्न चाहान्छु, युवाहरुलाई बिदेश बेचेर उनिहरुको श्रम र पसिनाले देश चलाउन हुने अनि युवा राजनीतिमा आउन नहुने भन्ने हुन्छ ? अब देशमा विकासको परिवर्तन ल्याउने भनेकै युवाले हो ।’ श्रेष्ठले भन्नुभयो ।

यस्तै, नेताहरु सर्वहारा र साम्यवादको कुरा गर्दै करौडौँको गाडी चडेर, लाखौँको मोबाइल चलाएर हिड्ने तर जनताको जीवनस्तर जहाँको त्यहीँ रहेको उहाँको भनाइ छ ।

‘सबैले मलाई हार्छस भन्छन्, त्यस्तो हैन हामी उभिनुनै जित्नु हो, हाम्रो उम्मेद्वारी दिनुनै जित्नु हो । बसाइ सराइ लगायतको समस्याको कुरा गर्ने हामी मात्र एउटा पार्टी हो । विकास गरे भन्दै अहिलेसम्म त्यही एउटा पुलमा तछाडमछाड गरेर बसेका छन् अन्य नेतहरु ।’ २०६८ सालको जनगणनाको तथ्यांक र २०७८ सालको जनगणनाको प्रारम्भीक तथ्यांक अनुसार खोटाङमा २५ हजार जनसंख्या घटेको छ । विकास नभएर १० वर्षमा २५ हजारले जिल्ला छाडिरहदा पनि अझै हामीलाई जिताउनुहोस् भनेर भोट माग्न नेताहरुलाई लाज लाग्नु पर्ने श्रेष्ठको भनाइ छ ।

‘क्रान्ती अब शिक्षाको गरौँ, एक घर एक अधिकृत एक घर एक डक्टरको अवधारणा अघि सारौँ । कृषीमा आत्मनिर्भर बनौँ, अहिले कुहिएर गएका करेलाको पनि सहि सदुपयोग गर्न सकिन्छ, तर त्यसमा भिजन हुन आवश्यक छ ।’