Thursday, April 16News That Matters

खोटाङ : रुखको मुढोले उच्छिट्याएर भिरबाट लडाउदा एक जनाको मृत्यु

सांकेतिक तस्विर

खोटाङ, मंसिर २ । खोटाङमा रुखको मुढोले उच्छिट्याएर भिरबाट लडाउदा एक जनाको मृत्यु भएको छ । रुख ढालेर टुक्रयाउने क्रममा पछाडीको मुढोले उच्छिट्याएर करीब ७ मिटर तल झार्दा बिहिबार उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वराहपोखरी गाउँपालिका–५, पौवसेरा, मलखुका ६० वर्षीय रामकुमार राई रहेका छन् । दाउरा काट्न भनी घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा खरबारीको भिरमा उनको शव फेला परेको पौवासेराका वडाध्यक्ष फौदराज राईले जानकारी दिनुभयो ।

मृतक राईको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा शुक्रबार पोष्टमार्टम गरेर दाहसस्कार गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।