
खोटाङ, मंसिर १० । खोटाङमा प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । जिल्लामा साना तथा ठूला गरी ४७ दललाई समानुपातिक मत जदा एमालेको पक्षमा सबै भन्दा धेरै मत परेको हो ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मत खसेको थियो । जसमा ३ हजार ६२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदर मत मध्ये सबै भन्दा धेरै एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको छ । कांग्रेसलाई १८ हजार ६७२, नेकपा माओवादी केन्द्रलाई ११ हजार ८४५, नेकपा (एकीकृत समाजवादी)लाई ३ हजार ३६, जसपालाई २ हजार २४८, राप्रपालाई १ हजार २५५ मत प्राप्त भएको छ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४९७ मत पाएको छ ।
आमूल परिवर्तन मसिहा पार्टीलाई १५३, मंगोल नेशनल अर्गनाइजेसनलाई १२१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान पार्टीको ८५, लोकतान्त्रिक समाजवादी पार्टीको २५, जनमत पार्टीको ४३, मौलिक जरोकिलो पार्टीको ३, नेपाल समावेसी पार्टीको ३६, हाम्रो नेपाली पार्टीको ५५, जनता प्रगतिशिलको ९, नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादीको ८, राष्ट्रिय नागरिक पार्टीको २ मत आएको छ ।
यस्तै, नागरिक उन्मुक्ती पार्टीलाई २१, नेपालका लागि नेपाली पार्टीलाई १५, राप्रपा नेपाललाई १५, मितेरी पार्टी नेपाललाई २, बहुजन एकता पार्टी नेपाललाई १४, नेपाल कम्यूनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)लाई १२१,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई ९, नेश्नलिष्ट पिपल्स पार्टीलाई ९, नेपाल लोकतान्त्रिक पार्टीलाई ६, राष्ट्रिय जनमुक्ती पार्टीलाई ४, नेपाल कम्यूनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)लाई ८, नेपाली कांग्रेस (बीपी)लाई १४, तराई मधेश लोकतान्त्रिक पार्टीलाई ११ मत गएको छ । नेपाल जनता पार्टीलाई ५, राष्ट्रिय मुक्ति आन्दोलन नेपाललाई १९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)लाई २०, पिछडावर्ग निषाद दलित जनजाति पार्टीलाई ४, नेपाल कम्यूनिष्ट पार्टी परिवर्तनलाई १०, नेपाल कम्यूनिष्ट पार्टीलाई १२, बहुजन शक्ति पार्टीलाई १, विवेकशील साझा पार्टीलाई १०, एकीकृत शक्ति नेपाललाई ५, नेपाल संघीय समाजवादी पार्टीलाई ३८, जनजागरण पार्टी नेपाललाई १३ मत प्राप्त भएको छ ।
यस्तै, सामाजिक एकता पार्टी÷नेपाल कम्यूनिष्ट पार्टी (समाजवादी)÷नेपाल दलित पार्टीलाई २४, नेपाल आमा पार्टी÷नेपाल नौलो जनवादी पार्टी÷सचेत नेपाली पार्टी÷नेपाल सुशासन पार्टी)लाई १७ र नेपाली जनता दललाई ३४ मत झरेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभातर्फको समानुपातिक मत गणना जारी रहेको छ ।
