
खोटाङ, मंसिर १८। खोटाङको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट जिल्ला सदरमुकाम दिक्तेल आउदै गरेको बस दुर्घटना भएको छ । बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरास्थित सडकमा ब्रेक फेल भएर बस पल्टिँदा चार जना घाईते भएका छन् ।
बस गुडिरहेको सडकमा पल्टदा बसका सहचालक शारदा नगरपालिका सल्यानका मिलन मगरसहित अन्य तीन जना घाईते भएका हुन् । घाईते हुनेहरुमा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी रहेका छन् ।
चालक र सहचालक सहित पाँच जना सवार बसको ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस सडकमा पल्टिएको चालक सुदन बिकले बताउनुभयो । टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेको अवस्था सामान्य रहेकाले घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ ।
