Thursday, March 5News That Matters

डिप्लोमा इन्जिनियर एसोसिएसन (डिन) खोटाङको नयाँ कार्यसमिति चयन

नयाँ कार्यसमिति चयन पश्चात सामुहिक तस्विर

खोटाङ, मंसिर २१ । खोटाङमा डिप्लोमा इन्जिनियर एसोसिएसन (डिन नेपाल) को नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार दिक्तेलमा भएको डिनको १४ औँ जिल्ला सम्मेलन तथा अधिवेशनले इश्वर खुलाल (बस्नेत) को अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

डिनको उपाध्यक्षमा अग्निराज राई, सचिवमा गणेस राई, सह–सचिवमा गायस भट्टराई र कोषाध्यक्षमा सरगम राई सर्वसम्मत चयन हुनुभएको छ । यस्तै जिल्ला सम्मेलन तथा अधिवेशनले सन्तोष राउत, दिपेन्द्र राई, रेश्मा राई, पशुपती पुन, रोजनबाबु बस्नेत र शिसम राईलाई सदस्यमा चयन गरेको छ ।

केन्द्रिय समितिका सल्लाहाकार बर्मलाल राजभण्डारी र विष्णु बहादुर केसीको उपस्थितिमा जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न भएको डिन जिल्ला शाखा खोटाङले जनाएको छ । जिल्लामा विभिन्न निकायमा कार्यरत इन्जिनियरिङ प्राविधिकहरु करीब १०० जना डिनको सदस्य रहेका छन् ।