Wednesday, April 15News That Matters

खोटाङमा १४ उम्मेद्वारले बुझाए खर्च विवरण, भट्टराईको १० लाख, पासाङको १७ लाख (अरुको कती)?


खोटाङ, मंसिर २३ । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा खोटाङको ३ पदका लागि २२ जनाले उम्मेद्वारी दिएका थिए । २२ जना मध्ये १४ जनाले चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान छ । सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ । शुक्रबारसम्ममा २२ जनाले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

हालसम्म प्राप्त खर्च विवरण अनुसार प्रतिनिधिसभाका उम्मेद्वार माओवादी केन्द्रका रामकुमार राई (पासाङ) को १७ लाख ३३ हजार, एमालेका विशाल भट्टराईको १० लाख ९३ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाइएको छ । यस्तै प्रतिनिधिसभाका उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठको ८ लाख ८२ हजार ५ सय, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतको ९ हजार, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईको २५ हजार खर्च विवरण छ । प्रतिनिधिसभाका उम्मेद्वार जनता समाजवादी पार्टीका डा. कृष्णकुमार राई ‘केके’, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका दीपक मगर र स्वतन्त्र उम्मेद्वार जयन्द्रकुमार राईको विवरण प्राप्त नभएको सूचना अधिकारी राईले बताउनुभयो ।

प्रदेशसभा ‘क’ मा ९ जना उम्मेद्वार मध्ये ६ जनाले खर्च विवरण बुझाएका छन् । जसमा एकीकृत समाजवादी) का वीरबलकाजी राईको २० लाख ५५ हजार, एमालेका पाँचकर्ण राई ‘पिके’को ९ लाख ८५ हजार, नेपाल मजदुर किसान पार्टीका केशव राईको ५ हजार, नेकपा (माले) का पदमप्रसाद आचार्यको ५० हजार, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईको १ लाख १ हजार ७ सय खर्च भएको विवरण छ । जनता समाजवादीका राकेश राई, स्वतन्त्र उम्मेद्वार धर्मराज पोखरेल र कुमारप्रसाद भट्टराईले विवरण बुझाउन बाकी छ ।

यस्तै, प्रदेशसभा ‘ख’ मा ६ जना उम्मेद्वार मध्ये ४ जनाले खर्च विवरण बmुझाएका छन् । जसमा नेपाली कांग्रेसका भूपेन्द्र राईको १९ लाख ४१ हजार ५ सय, एमालेका रामप्रसाद दंगालको ५ लाख ८९ हजार, जनता समाजवादी पार्टीका प्रेमकुमार राईको २ लाख ८ हजार, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालको १० हजार चुनावमा खर्च भएको विवरण बुझाइएको छ । खम्बुवान राष्ट्रिय मोर्चाका सुवाश राई र मङ्गोल नेशनल अर्गनाइजेशनका विमला राईले भने खर्च विवरण बmुझाउन बाकी रहेको निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी राईले बताउनुभयो ।