
खोटाङ, पुस ३ । खोटाङमा यस वर्ष अलैंची उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलानामा यस वर्ष जिल्लामा २५ मेट्रिक्टनले अलैंची उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
ज्ञान केन्द्रको तथ्यांक अनुसार अघिल्लो वर्ष १ हजार ४ सय २ हेक्टर जग्गामा अलैंची लगाउदा ५ सय ८५ मेट्रिक्टन अलैंची उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा अलैंची लगाउदा ६ सय १० मेट्रिक्टन अलैंची उत्पादन भएको हो ।
विशेष जिल्लाको जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अलैंची उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जय कुमार पण्डितले जानकारी दिनुभयो ।
