Friday, April 17News That Matters

तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राईलाई गाउँपालिकाले गर्यो सम्मान

खोटाङ, पुस ९ । तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राजकुमार राईलाई खोटाङमा सम्मान गरिएको छ । राईलाई केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले शुक्रबार दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गर्नुभएको हो ।

केपिलासगढी गाउँपालिका राईको गृहपालिका हो । केही दिनअघि गृहपालिका आउनुभएका राईलाई तेक्वान्दोको माध्यमबाट देशलाई चिनाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर निवासी राईले आठौं साफमा नेपालकातर्फबाट तेक्वान्दोमा स्वर्ण पदक र १० औं एसियन गेममा नेपाललाई पहिलो कास्य पदक जिताउनु भएको थियो । वल्ड तेक्वान्दो च्याम्पियनको अनुभवसमेत बटुल्नु भएका राई चलचित्र निर्माता पनि हुनुहुनछ । उहाँको पछिल्लो फिल्म ‘सोउल अफ द कमाण्डो’ हाल विभिन्न हलमा चहिरहेको छ ।