
खोटाङ, पुस ९ । खोटाङमा आगलागीबाट तीन घर पुर्णरुपमा जलेर नष्ट भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुका तीन घर जलेर नष्ट भएका हुन् । शनिबार अपरान्ह (३ः४०बजे) भएको आगलागीबाट तीन घर जल्दा ८४ लाख ५६ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मैया श्रेष्ठको घरमा बिजुलीको तार सर्ट भई आगलागीहुँदा श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्ण कुमार श्रेष्ठको घर पूर्णमा जलेर नष्ट भएको छ । आगलागीबाट मैयाको तीनतले घर, नगद १ लाख २० तोला चाँदी, मोवाईल, टिभी लगायत घरभित्र रहेको सम्पूर्ण मालसामानहरु पूर्णरुपमा जल्दा २७लाख ३५ हजारको क्षतिभएको प्रहरीले जनाएको छ ।
कृष्णको तीनतले घर, नगद १लाख ५० हजार, दुई तोला सुन, एक थान मोवाईल लगायत घर भित्र भएको सम्पूर्ण सामानहरु पूर्णरुपमा जलि नष्ट हुँदा २८ लाख ८३ हजार ५०० र सोही ठाउँका कर्ण कुमारको तीन तले घर, घरभित्र रहेको सम्पूर्ण मालसामानहरु जलि नष्ट हुँदा २८ लाख २८ हजार क्षति भएको प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।
आगोलाई प्रनाउ मुकारुङको कमाण्डमा गएको २६ जना टोली र प्रहरी बिट रत्नपार्कबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा गएको ८ जना टोली गरी ३४ जनाप्रहरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा अपरान्ह ४ः४० मा पूर्णरुपमा नियन्त्रणमा लिईएको थियो ।आगलागीबाट मानीवय तथा चौपायामा क्षति नपुगेको प्रहरीले जनाएको छ ।
