
खोटाङ, पुस १७ । हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडाले आइतबार अर्धबार्षिक सार्बजनिक सुनुवाइ गरेको छ । सुशासन, पारदर्शिता र जबाफदेहिताको लागि वडाको सार्बजनिक सुनुवाइ गरिएको वडाध्यक्ष रुद्र कुमार राईले बताउनुभयो ।
कार्यक्रममा चालु आर्थीक वर्ष २०७९/८० मा वडामा सञ्चालन भइरहेका योजना र वडामा हालसम्म भएको खर्च विवरणको विषयमा उपस्थित ब्यक्तिहरुलाई जानकारी गराइएको छ । यस्तै, उपस्थित सरोकारवाला निकाय, सर्वसाधरण नागरिकले जनप्रतिनिधि समक्ष आफ्नो आवश्यकता र जिज्ञासा राखेका छन् । कार्यक्रममा आएको मागहरुलाई पुरा गर्ने भन्दै जनप्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
वडाले चालु आर्थीक वर्षको हालसम्म विभिन्न शिर्षकमा ८५ हजार ३ सय ७५ रुपैयाँ राजश्व जम्मा गरेको सार्बजनिक सुनुवाइमा जनाइएको छ ।
