Friday, April 17News That Matters

हलेसीका महिलाहरुलाई अचार बनाउने तालिम


खोटाङ, माघ २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत नगरपालिकाका २१ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ७ महादेवस्थानमा १० दिनसम्म सञ्चालन भएको तालिमको सोमबार मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले समापन गर्नुभएको छ । ब्यवसायिकरण र परिवारको आत्मनिर्भरताको लागि अचार बनाउने तालिम प्रदान गरिएको उपमेयर राउतले बताउनुभयो ।

‘हलेसीमा सय भन्दा धेरै होटल छन्, जहाँ बाहिरबाट अचार आयत हुने गरेको छ । स्थानीय स्तरमा उत्पादन हुने कृषि उपचलाई अचार बनाउन सकियो भने राम्रो कमाइ हुने देखिन्छ । त्यसैले हामीले महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेका छौँ ।’ उपमेयर राउतले भन्नुभयो ।

अचार बनाउन र आवश्यक कृषि उपज उत्पादन गर्न समहु बनाएर प्रस्ताव आए नगरपालिकाले त्यसको पनि सम्बोधन गर्ने उहाँले बताउनुभयो ।