
माघ ३ । चलचित्र ‘सँघार’ माघ १६ गते काठमाडौंमा प्रदर्शन हुने भएको छ । गाउँले कथा बस्तुमा आधारित खोटाङको विभिन्न रमणीय स्थानहरूमा छायाँकंन गरिएको चलचित्र ‘सँघार’ माघ १६ गते काठमाडौंको मण्डला नाटकघरमा प्रदर्शन गर्न लागिएको हो ।
‘सँघार’ मा पारिवारिक र गाउँले प्रेम कथाको मनोरञ्जन लिन सकिने लेखक एवं निर्देशन प्रयाश दुमी राईले बताए । चलचित्रमा अस्मिता राई, प्रयाश दुमी राई, शुष्मा राई, अरुण राई, मनोज राई, दुर्गा बान्तावा, बिबेक दुमी, अनिसा चाम्लिङ, सम्झना राई लगायतको अभिनय रहेको छ ।
चलचित्रको छायाँकन दुर्गा बान्तावा र मनोज राईले गरेका हुन् । यस्तै भिडियो सम्पादन र पोस्टर डिजाइन मनोज राईले गरेका हुनु भने ड्रोनमा दुर्गा बान्तावा रहेका छन् । यसैगरी चलचित्रको गीतमा राजेश पायल राई र शुष्मा राईको स्वर, प्रयास दुमी राईको शब्द, पदम राजन मगरको संगीत तथा संयोजन रहेको छ ।
यसअघि चलचित्र ‘सँघार’को भोजपुर, खोटाङ र उदयपुरका १२ भन्दा धेरै ठाउँमा सफल प्रर्दशन भइसकेको छ ।
