Friday, April 17News That Matters

हलेसी मन्दिरमा कार्यरत कर्मचारी लगायतलाई न्यानो ज्याकेट


खोटाङ, माघ ५ । त्रि–धार्मिक स्थल हलेसीमा कार्यरत कर्मचारी लगायतलाई न्यानो ज्याकेट प्रदान गरिएको छ । मन्दिरका पुजारी, सरसफाइ गर्ने ब्यक्ति, मन्दिरमा बस्ने योगी लगायत २५ जनालाई बिहिबार न्यानो ज्याकेट प्रदान गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं हलेसी तुवाचुङ नगर कार्यपालिका सदस्य राकेश परियारको पहलमा बिराटनगरका रामकाजी थापाले ज्याकेट प्रदान गर्नुभएको हो । थापा स्नेहा अप्परेल्स प्रा.लि.का प्रमुखसमेत हुनुहुन्छ ।

देश तथा विदेशबाट पर्यटकहरु आउने हलेसीमा रात दिन खटिने ब्यक्तिहरुलाई चिसो मौसममा केही सहज होस भनेर ज्याकेट प्रदान गरिएको परियारले बताउनुभयो ।