Friday, April 17News That Matters

अखिल क्रान्तिकारी समानान्तर कमिटीको खोटाङ संयोजकमा डार्विन र मोरङ संयोजकमा उमेश

बायाँतर्फ खोटाङ संयोजक डार्विन राई, बायाँतर्फ मोरङ संयोजक उमेश सेञ्चुरी

खोटाङ, माघ ६ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशभर समानान्तर कमिटी विस्तार गरेको छ । पञ्जा सिंह नेतृत्वको संगठनलाई अस्वीकार गर्दै पवन कार्की नेतृत्वमा देशव्यापी समानान्तर कमिटी विस्तार गरेको हो ।

समानान्तर कमिटीको खोटाङ जिल्ला संयोजकमा डार्विन राईलाई तोकिएको छ । यस्तै, खोटाङ स्थायी घर भइ केही समय अघिसम्म मोरङमा बसोबास गर्दै आएका उमेश सेञ्चुरीलाई मोरङ जिल्लाको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

केन्द्रीय समानान्तर कमिटीको शुक्रबार बसेको बैठकले सातै प्रदेश समितिका इन्चार्ज, जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजक, महानगरपालिका समितिका संयोजक र सह संयोजक, जिल्ला समन्वय समितिका इन्चार्ज र सहइन्चार्ज तोकेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

विद्यार्थी संगठनमा देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै निर्देशन दिएपनि अझै सहमति हुन सकेको छैन । सहमतीको सट्टा अखिल क्रान्तिकारीको विवाद देशभर फैलिएको छ ।