
खोटाङ, माघ २१ । खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधापानीका ६४ वर्षिय बिर्ख बहादुर गुरुङको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।
शुक्रकार साँझ आहालेस्थित आफ्नै घर नजिकको भिरबाट हिड्दै गर्दा लडेका गुरुङ गम्भीर घाइते भएका थिए । करीब २०० मिटर अग्लो भिरबाट लडेर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउदै गर्दा कुभिण्डे वडा कार्यालय नजिक बाटैमा मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक गुरुङको शव शुक्रबार राती नै ऐँसेलुखर्क लगेर शनिबार बिहान पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बेनु कुमार कार्कीले बताउनुभयो ।
