Thursday, April 16News That Matters

१० स्वर्ण पदका लागि जन्तेढुंगामा सुरु भयो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता


खोटाङ, फागुन ७ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । १० स्वर्ण पदका लागि गाउँपालिकाको वडा नम्बर ५ स्थित चिसापानी माध्यमिक विद्यालयमा आइतबारबाट प्रतियोगिता सुरु भएको हो ।

गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा ५ विद्यामा प्रतिस्पर्धा हुनेछ । जसमा महिला, पुरुष भलिबल, १०० र २०० मिटर दौड, हाई जम र लङ जम गरी ५ विद्यामा १० स्वर्ण पदका लागि प्रतिस्पर्धा हुने गाउँपालिकाका शिक्षा शाखा प्रखुक सुर्य बहादुर दाहालले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारबाट प्राप्त १ लाखमा गाउँपालिकाले ३ लाख थपेर जम्मा ४ लाख बजेटमा प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागि प्रत्येक बिद्यालयलाई व्यवस्थापन खर्चका लागि रु २०/२० हजार र प्रमाणपत्र गाउँपालिकाले उपलब्ध गराएको छ । बिजेता विद्यालयले सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटनमा प्रदेश सांसद एवं नेपाली कांग्रेस प्रदेश एकका संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राई, गाउँपालिका अध्यक्ष अरुणादेवि राई, उपाध्यक्ष खेम बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत उमेश गिरी, सबै वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको शिक्षा शाखा प्रमुख दाहालले बताउनुभयो ।